काठमाडौँ, कार्तिक १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो