घरवासमा लोभिदै कोरियन
रामबहादुर थापा, बागलुङ, २७ पुस । दक्षिण कोरियाको ‘हानशिन’ विश्वविद्यालयका २४ स्वयंसेवी विद्यार्थीले भकुण्डेको अतिथि सत्कार घरवासमा बिताए । यहाँको सत्कार, संस्कृति र खानपानमा औधि रमाए । शनिबार सबेरै मुलाबारीको दृश्यावलोकन स्तम्भ पुगे । सेताम्मे हिमाल हेरे, आफूलाई भुलाए ।