महसुल नतिरे लाइन काट्ने कुलमानको चेतावनी
२७ वैसाख, काठमाडौं । महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ । एउटा सबस्टेसनदेखि अर्काे सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो।