१९ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग )अन्तर्गतको क्रश कन्ट्री साइक्लिङमा नेपालले स्वर्ण पदक जितेको छ । ४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने स्पर्धामा १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरी लक्ष्मी मगरले स्वर्ण जितेकी हुन् । यस स्पर्धामा नेपालकै उषा खनालले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा पुरा गरी रजत प्राप्त गरेकी हुन् । भारतकी प्रनिता प्रफुलले भने १ घण्टा ३६ मिनेट २९ सेकेण्डमा कास्य पदक जितेकी हुन् ।