७ बैशाख २०८१, शुक्रबार

सर्वोत्कृष्ट खेलाडी पुरस्कार अल्जेरियाका बेनेसरलाई


एजेन्सी । अफ्रिकन कप अफ नेसन्स फुटबलको सर्वोत्कृष्ट खेलाडीको रुपमा अल्जेरियाका स्मेल बेनेसर घोषित भएका छन् ।

अल्जेरियालाई च्याम्पियन बनउान महत्वपूर्ण भूमिका निर्वाह गरेका मिडफिल्डर बेनेसर सर्वोकृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।
बेनेसर इटालियन क्लब इमपोलीबाट ब्यावसायिक फुटबल खेल्छन् । सर्वाधिक गोल कर्ताको पुरस्कार नाइजेरियाका ओडिओन इघालोले जिते ।
प्रतियोगितामा सर्वाधिक पाँच गोल गरेका उनले ‘गोल्डेन बुट’ पाए । उत्कृष्ट गोलरक्षकको पुरस्कार अल्जेरियाका रेइस एमबोल्हीले हात पारे । ‘फेयर प्ले टिम अवार्ड’ सेनेगललाई प्रदान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !