नटिङ्घम, २३ जेठ । इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ ।
नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले क्षेत्र रक्षण गर्ने निर्णय गरेको छ ।
यसअघिका खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई र अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेका छन् ।
वेस्ट इन्डिजको टिममा जेसन होल्डर (कप्तान), क्रिस गेल, साई होप, ई लेविस, एन पूरान, एस हेट्मायर, आन्द्रे रसेल, सीआर ब्राथवाइट, एआर नर्स, एस कटरेल र ओ थोमस रहेका छन् ।
यस्तै, आरोन फिन्चको कप्तानीमा रहेका अस्ट्रेलियाली टोलीमा डेभिड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, एम स्टोनिस, ए क्यारी, एन कोल्टर–नाइल, प्याट क्युमिन्स, मिचेल स्टार्क र ए जाम्पा रहेका छन् । (रासस/एएफपी)