४ मंसिर २०८१, मंगलबार

‘बी’ डिभिजन लिग : कुमारी क्लब विजयी


Nepalpatra

२ फागुन, काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा श्री कुमारी क्लबले रानीपोखरी कर्नर टिम आरसिटीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान भएको खेलमा श्री कुमारीले आरसिटीको दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो । श्री कुमारीको जितमा सुजन महर्जनले दुई गोल गरे ।

यस्तै गणेश बडवाल र विशाल तामाङले एक एक गोल गरे । आरसिटीका संसार नन्द पलाञ्चोके र उनम बुढाथोकीले एक एक गोल गरे । खेलको नवौँ मिनेटमा पलाञ्चोकेकोे गोलमार्फत अग्रता बनाएको आरसिटीले १७औँ मिनेटमा उनम बुढाथोकीको गोलमार्फत अग्रता दोब्बर बनाएको थियो । दुई गोलले पछि परेका अवस्थामा कुमारीका लागि सुजनले ३४आँैँ र ५७औँ मिनेटमा गणेशले एक गोल तथा विशाल तामाङले ८८ औँ मिनेटमा गोल गरेका थिए । लिगमा श्री कुमारी र आरसिटीको समान दुई खेलबाट एकमा जित र एकमा हारसँगै तीन÷तीन अङ्क बनाएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !