४ जेष्ठ २०८१, शुक्रबार

क्योकुसिन कराते टोली भारत प्रस्थान


Nepalpatra

११ पुस, काठमाडौँ । प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनशिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको पश्चिम बङ्गाल प्रस्थान गरेको छ ।

यही पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंह र महिला खुला तौलसमूहमा मञ्जु विकले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खलकुद परिषद् (राखेप)ले जनाएको छ ।

भारत जाने अफिसियलमा रेवती सापकोटा र मीनबहादुर गुरुङ रहेका छन् । टोलीलाई अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आइएफकेके)का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले आज बिहान बिदाइ गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !