८ पुस २०८१, सोमबार

रियो ओलम्पिक आजबाट, नेपालका जितबहादुर आजै प्रतिस्पर्धा गर्दै


rio olampic

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद (आज) शुक्रबारबाट ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सुरु हुँदैछ । विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ओलम्पिकको उद्घाटन नेपाली समय अनुसार शनिबार बिहान पौने ५ बजेपछि हुनेछ ।

उद्घाटनमा संयुक्त राष्ट्र संघका महासचिव वान की मुन लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने जनाइएको छ । ओलम्पिकका प्रतिस्पर्धा भने बुधबारबाट नै भैसकेको छ । बुधबारबाट फुटबलका खेलहरु संचालन भैसकेका छन् । त्यस्तै शुक्रबारबाट अन्य विभिन्न खेलहरु हुनेछन् ।

यस ३१ औँ सस्करणको ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अगस्ट २८ सम्म चल्ने ओलम्पिकमा २८ खेलको विभिन्न ३ सय ६ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै यस रियो ओलम्पिकमा पहिलोपटक १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

३१ औँ संस्करणको ओलम्पिक खेलकुदमा नेपालले पनि सहभागिता जनाउँदैछ । यसपटक नेपालबाट पाँच खेलको ७ खेलाडिले खेलकुदको महाकुम्भ रियो ओलम्पिकमा प्रतिष्पर्धा गर्दैछन् । नेपालले सन् १९६४ को टोकियो ओलम्पिकबाट खेलकुदको महाकुम्भमा लगातार सहभगिता जनाउँदै आएको छ ।

रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा १२ औँ सागमा स्वर्णपदक विजेता जुडोकी फुपूल्हामु खत्रीले बोक्नेछिन् । रियो ओलम्पिकमा नेपालबाट सात खेलाडीका ५ प्रशिक्षक, ७ खेलाडी, १५ पदाधिकारी गरि २७ सदस्यीय टोली रियो गएका छन् । नेपालबाट यसपटकको ओलम्पिकमा एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरी खेलमा सहभागिता रहनेछ ।

रियो ओलम्पिकको पहिलो दिन शुक्रबार नेपालबाट आर्चरीका जितबहादुर मुक्तानले प्रतिस्पर्धा गर्नेछन् । मोक्तानले व्यक्तिगत कर्वतर्फ प्रतिस्पर्धा गर्ने छन् । आर्चरी खेल नेपाली समयअनुसार शुक्रबार बेलुकी पौने ६ बजेदेखि हुनेछ ।

रियो ओलम्पिकमा नेपालबाट आर्चरीका मुक्तानसहित जुडोकी फुपुहाल्मु खत्री, तेक्वान्दोकि निशा रावल, पौडीका शिरिष गुरुङ र गौरिका सिहं र एथलेट्किसका हरिकुमार रिमाल र सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्नेछन् ।

जुडोकी फुपुहाल्मु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोकी निशा रावलले २० अगस्टमा ६७ भन्दा बढि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । पौडीवाज गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गनेस्छिन् । उनले १ सय मिटर ब्याकस्ट्रोकमा महिलातर्फ नेपालको प्रतिनिधि गर्नेछिन् । उनी रियो ओलम्पिकमा सहभागी हुने खेलाडी मध्येका सबैभन्दा कान्छी खेलाडी हुन् ।

यस्तै पौडीका शिरिषले अगस्ट ९ मा पुरुष १ सय मिटर फ्रिस्टाइलमा सहभागिता जनाउने छन् । एथलेटिक्सका हरिकुमार रिमालले ५ हजार र १० हजार मिटरमा प्रतिस्पर्धा गर्ने छन् भने सरस्वतीले ८ हजार र १५ हजार मिटर दौडमा भाग लिने छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !