४ बैशाख २०८१, मंगलबार

नेपाल र एमसीसीबीचको खेल सुरु,ब्याटिङ गर्दै नेपाल (लाइभ हेर्नुहोस् )


neval vs mcc cricket

काठमाडौँ । नेपाल र मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) बीचको मैत्रीपूर्ण खेल लर्ड्समा सुरु भएको छ ।

क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा नेपालले पहिले ब्याटिङ रोजेको छ ।नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा लर्ड्समा नेपालले खेल्न लागेको हो ।

लर्ड्समा हुने एमसीसीसँगको खेललाई नेपाली खेलाडीहरु खेल जीवनकै सबै भन्दा ठूलो उपलब्धी मान्छन् । एमसीसीसँगको खेलअघि नेपाली टोलीका कप्तान पारस खड्काले लर्ड्समा खेल्नु सबैको सपना हुने र खेललाई लिएर नेपाली टोली उत्साहित रहेको बताएका छन् ।

लाइभ हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !