६ जेष्ठ २०८१, आइतबार

खेलाडी प्रतियोगिताबाट वञ्चित


Asian-Games-2018

१० भदौ, काठमाडौँ । दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् ।

इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् ।

यसअघि एशियाली खेलकूदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो । दुबैले एक÷एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ । एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशालाभित्र पठाए पनि भाग लिन नपाएको बताउनुभयो । यसअघि शनिबार सोमबहादुर कुमाल चार सय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !