८ पुस २०८१, सोमबार

‘फ्रान्स भर्सेस जर्मनी’ : बदला लिने सुरमा फ्रान्स


logo france vs germany

२१ असार, २०७३- युरोकप २०१६ को सेमिफाइनल छनौटका लागी शुक्रवार राती १२:४५ बजे फ्रन्सको स्टडे बेलोड्रोम स्टेडियममा हुने खेलका लागी फ्रान्स र जर्मनी भिडदैछन्।
दुई वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपमा फ्रान्स जर्मनीसँग क्वाटरफाइनलमा पराजित रहेको थियो । फरवार्ड ओलिभर जिरुडले फ्रान्स अब जर्मनीलाई हराएर पछिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरको स्थितिमा पुगेको दाबी गरेका छन् ।

आयोजक देश फ्रान्स र विश्वकप विजेता जर्मनी युरो २०१६ को सेमिफाइनलमा भिड्नेछन् । ‘यो वास्तवमै निकै रोमाञ्चक खेल हुनेछ,’ जिरुडले भने, ‘हामी विश्वकपमा फ्रान्सले जर्मनीसँग बेहोरेको हारको बदला लिन चाहन्छौं । त्यसैले हामी निकै उत्साहित पनि छौं ।’

फ्रान्स आइसल्यान्डलाई हराएर सेमिफाइनल पुग्ने चौथो तथा अन्तिम टिम बनेको थियो । दुई वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपमा फ्रान्स जर्मनीसँग क्वाटरफाइनलमा पराजित रहेको थियो । त्यतिबेला म्याट्स ह्युमेल्सको गोलले जर्मनी विजयी रहेको थियो र त्यसयता जर्मनी उपाधि हात पार्न पनि सफल रहेको थियो । जर्मनीले विश्वकप जितेको यो चौथोपल्ट थियो । सन् १९८२ को विश्वकपमा पनि फ्रान्सलाई जर्मनीले नै बाहिरको ढोका देखाएको थियो ।

आर्सनलका फरवार्ड जिरुड भने, ‘त्यति पुराना दिन सम्झिने पक्षमा भने छैनन् । ‘यो पूर्णत: फरक खेल हुनेछ’ । फ्रान्सका लागि आइसल्यान्डले तेर्साएको चुनौती खासै बलियो रहेन । तर जर्मनीले भने इटालीमाथि संघर्षपूर्ण र थकानले भरिएको जित निकालेको थियो । ‘जर्मनी निकै राम्रो टिम हो, त्यसमा कुनै शंका नै छैन,’ जिरुडले थपे, ‘तर हामी उनीहरूको चुनौती पन्छाउन सक्षम हुनेछौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !