६ बैशाख २०८१, बिहिबार

युएस अोपनमा नेपालले पनि खेल्ने


usa open

१६ असार, २०७३:- नेपाली ब्याडमिन्टन टोलीले अमेरिकामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगिता युएस ओपनमासहभागिता जनाउने भएको छ। अमेरिकाको क्यालिफोर्नियामा असार २१ देखि २६ सम्म हुने ‘योनेक्स युएस ओपन ग्रापी ब्याडमिन्टन च्याम्पियनसिप’ मा नेपाली टोली सहभागी हुने भएको हो।

प्रतियोगितामा नङ्शल तामाङ, रत्नजित तामाङ र विकास श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन्। खेलाडीहरू अाज (बिहिबार) अमेरिका प्रस्थान गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

आठ वर्षको अन्तरालपछि फेरि नेपाली टोलीले यो प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको हो। आठ वर्षअघि पशुपति पनेरु, बलराम थापा र सुमिना श्रेष्ठले प्रतियोगितामा सहभागिता जनाएका थिए।

१ लाख २० हजार डलर पुरस्कार राशी रहेको अन्तराष्ट्रिय च्याम्पियनसिपमा नेपालले पुरुष/महिला एकल,पुरुष डबल्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन्। मिक्स डबल्समा विकास श्रेष्ठ र नङ्शल तामाङले प्रतिस्पर्धा गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !