८ पुस २०८१, सोमबार

पोर्चुगललाई २-१ पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश


urugwe

१७ असार, काठमाण्डौ । विश्वपक फुटबलमा शनिबार राती भएको खेलमा उरुग्वेसँग पोर्चुगल २-१ गोल अन्तरमा पराजित भएको छ । उरुग्वेका लागि दुवै गोल काभानीले गरेका हुन् ।

खेलको म्यान अफ द म्याच काभानीले खेलको सातौँ मिनेटमा गोल गरेका थिए । उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरे ।

पोर्चुगलका लागि पेपेले गोल गरेका थिए । उनले ५५ओँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । तर त्यो बराबरीलाई काभानीले धेरै समय टिक्न दिएनन् ।

यी दुई देशबीचको खेलमा बल अधिकांश समय पोर्चुगलको पक्षमा रह्यो । तर उरुग्वेको डिफेन्सलाई चिर्दै पोर्चुगलले गोल गर्न भने सकेन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल पनि गर्न सकेनन् ।

समूहचरणमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।

त्यस्तै विजेता टिमका स्टार खेलाडी लुइस सुवारेजले पनि गोल गर्न सकेनन् । उनले केही राम्रा अवसर सिर्जना गरेपनि पोर्चुगलको डिफेन्सलाई चिरेर गोल गर्न उनी पनि असमर्थ रहे ।

पोर्चुगललाई पराजित गरेर क्वाटरफाइनलमा पुगेको उरुग्वेले अब फ्रान्सको सामना गर्ने भएको छ । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर फ्रान्स क्वाटरफाइनल पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !