८ पुस २०८१, सोमबार

आयोजक अमेरिकालाई हराउदै अर्जेन्टिना फाइनलमा: मेस्सिले तोडे किर्तिमान


messi

८,असार २०७३,अमेरिका:-उपाधिको प्रमुख दाबेदार अर्जेन्टीनाले कोपा अमेरिका फुटबलमा आयोजक अमेरिकालाई फराकिलो अन्तरमा हराउँदै उपाधि नजिक पुगेको छ।

लियोनेल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाका लागि खेलको तेस्रो मिनेटमा एजेक्वेल लाभेज्जीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनले कप्तान लियोनल मेसीको पासमा उत्कृष्ट गोल गरेका थिए।

यस्तै खेलको ३२ औं मिनेटमा मेसीले फ्रिकिक मार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।
पहिलो हाफमा दुई गोलले पछि परेको आयोजक अमेरिका दोस्रो हाफमा पनि अर्जेन्टिनासामू निरिह बन्यो। खेलको ५० औं मिनेटमा मेसीकै पासमा गोन्जालो हिग्वेनले गोल गर्दै अर्जेन्टिनालाई ३–० को अग्रता दिलाए। यस्तै ८६ औं मिनेटमा पनि मेसीले दिएकै पासमा हिग्वेनले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाए।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्विया र चिली बीचको विजेतासँग खेल्नेछ।

मेस्सिले तोडे किर्तिमान:

उपाधिको प्रमुख दाबेदार अर्जेन्टीनाले कोपा अमेरिका फुटबलमा राम्रो प्रदर्शन गरिरहँदा कप्तान लियोनल मेस्सीले राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्।

मेस्सीले अहिलेसम्म राष्ट्रिय टिमबाट ५५ गोल गरिसकेका छन्। कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा बुधबार बिहान अमेरिकालाई ४–० ले हराउँदा उनले एक गोल गरेका गर्दै मेस्सीले गाब्एिल बातिस्तुताको कीर्तिमान तोडेका हुन्।

बातिस्तुताले राष्ट्रिय टिमबाट ५४ गोल गरेका थिए। उनी अर्जेन्टिनाका सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका हुन्। मेस्सीले आफ्ना लागि व्यक्तिगत उपलब्धि भन्दा पनि टिमको जित महत्वपूर्ण रहेको बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !