८ पुस २०८१, सोमबार

एकदिवसीय शृंखला : आज नेपाल र क्यानडावीचको तेस्रो तथा अन्तिम खेल हुँदै


नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको नेपाल र क्यानडावीचको तेस्रो तथा अन्तिम खेल आज हुँदै छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बिहान ९ः१५ देखि खेल सुरु हुनेछ ।

यसअघि बिहीबार र शनिबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भइसकेर दुई खेलमा जित हासिल गरेसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअघि नै जितिसकेको छ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

शनिबार भएको खेलमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो भने बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र सिमित रह्यो ।

आज नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ भने क्यानडा अन्तिम खेलमा जितका साथ क्लिन स्वीप हुनबाट बच्न प्रयास गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !