५ जेष्ठ २०८१, शनिबार

टी-२० विश्वकप छनोट : नेपाललाई चौथो झट्का, कुशल मल्ल आउट


कुशल मल्ल

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो ।

उनी ९ बलमा ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको छ ।

जारी खेलको १३ ओभर समाप्त हुँदा नेपालले ४ विकेट गुमाएर ८७ रन बनाएको छ । यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ’ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !