२० जेष्ठ २०८१, आइतबार

एसिया कप क्रिकेट : नेपाल र भारत बीचको खेल पुनः सुरु


करण केसी

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको वर्षाका कारण अवरुद्ध खेल पुनः सुरु भएको छ ।

नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको थियो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको थियो ।

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल छ बलमा तीन चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा सात बलमा एक चौकासहित चार रनमा क्रिजमा रहेका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !