११ पुस २०८१, बिहीबार

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट


गुल्सन झा

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेलिरहेको छ । जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा नेपाल र वेस्ट इन्डिज बीचको खेल जारी रहेको हो ।

गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिंदै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । गुल्सनले वेस्ट इन्डिजका जोन्सन चार्लेसलाई आउट गराए । गल्सनले चार्लेसलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराएका हुन् ।

यसअघि दोस्रो ओभर बलिङमा आएका करण केसीले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिएका थिए । केसीले केल मयर्सको विकेट लिएका थिए । वेष्ट इण्डिजले ७ ओभरमा २ विकेट गुमाएर १४ रन मात्र बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !