२९ बैशाख २०८१, शनिबार

उज्वेकिस्तानलाई हराउँदै नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो


नेपाली महिला भलिवल टीम

काठमाडौँ । उज्वेकिस्तानलाई हराउँदै नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ । घरेलु मैदानमा आज भएको खेलमा नेपालले उज्वेकिस्तान हराउँदै तेस्रो भएको हो ।

त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै नेपालले नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । यस्तै दोस्रो सेट नेपालले २५–१६ ले सहजै आफ्नो पक्षमा पार्यो भने तेस्रो सेटमा पनि नेपालले सोही लयलाई निरन्तरता कायम राख्दै २५–१५ को सहज जित निकाल्न सफल भयो । चौथो सेटमा पनि सुरुवातदेखि नै अग्रता कायम राख्दै २५–१३ को जित निकाल्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।

यस्तै आजै उपाधिका लागि भारत र काजकस्तानबीच खेल हुनेछ । यो खेल अपरान्ह सवा ४ बजेपछि हुनेछ । दुवै टोली पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !