८ बैशाख २०८१, शनिबार

नेपाललाई विश्वकपमा प्रवेशका लागि ओलीले दिए सफलताको शुभकामना


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई विश्वकपमा प्रवेशका लागि सफलताको शुभकामना दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमार्फत अध्यक्ष ओलीले नेपाली क्रिकेट टिम ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली शुभकामना दिएका हुन् ।

उनले आफूलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै भएको बताउँदै नेपाली क्रिकेट टिमलाई राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु भनेर हैसला समेत प्रदान गरेका छन् ।

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेदेखि नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच खेल हुँदै छ । आजको खेल जितेमा नेपाललाई विश्वकपमा प्रवेशका लागि बाटो खुल्नेछ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !