५ जेष्ठ २०८१, शनिबार

आईसीसी लिग–२ : पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


पीएनजीविरुद्ध नेपाल

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अन्तिम शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध टस जितेर बलिङ गर्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेयलले टस जितेर पहिले बलिङ रोजेका हुन् ।

सिरिजको दुई खेलमा सहज जित निकालेर निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का बनाउन लागी परेको छ ।

आजको खेलमा जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राखेपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ । सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको नेपाल दोस्रो खेलमा पनि सोही नतिजा दोहोर्याउने रणनीतिमा रहेको छ ।

हिजो भएको खेलमा यूएईलाई हराउँदै नेपालले एकदिवसीय क्रिकेटको मान्यता जोगाएको हो । नेपालले लिग-२ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।

घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई १७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको छ ।

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । लिगमा शीर्ष पाँच स्थानमा कायम रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एकदिवसीय मान्यता दिने प्रावधान छ । हिजोको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग-२ को चौथौ स्थानमा उक्लेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !