११ बैशाख २०८१, मंगलबार

सन्दीप लामिछानेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको रिटमा सुनुवाइ जारी रहेको छ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ रहेको हो ।

क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित लामिछाने दिएको निवेदन न्यायाधीश खतिवडाको इजलासमा पेसी तोकिएको थियो । उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि उनले हिजो निवेदन दिएका थिए ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा रहेका लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी बुझाएर खेलमा फर्किएका सन्दीप राष्ट्रिय टिममा फर्किएतापनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएपछि उनी सर्वोच्च अदालत गएका हुन् । आईसीसी लिग-२ का चार खेलसमेत नेपालमा खेलेका लामिछाने सोमबारदेखि यूएईमा हुने सिरिजमा खेल्न जान नपाएपछि सर्वोच्चमा निवेदन दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !