१४ बैशाख २०८१, शुक्रबार

ज्ञानेन्द्र र आशिफको उत्कृष्ट साझेदारीसँगै नेपाललाई सिरिज उपाधि


युएईविरुद्ध नेपाल क्रिकेट

काठमाडाैं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सिरिजको उपाधि हात पारेको हो ।

नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको हो । युएईसँगको आज भएको तेस्रो तथा निर्णायक खेलमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको उत्कृष्ट शतकीय साझेदारीसँगै नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।

युएईलाई हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । जितको लागि १७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०‍‍‍‍‍.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । उनले ११९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन । त्यसैगरी ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए ।

युएईसँगको तेस्रो तथा निर्णायक खेलमा नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवशीय क्रिकेटमा आफ्नो पाँचौं अर्धशतक पूरा गरेका छन् । यस्ता ओपनर आसिफले पनि करिअरको पाँचौं अर्धशतक पूरा गरेका छन् ।

कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २/२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १/१ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनाएको थियो । युएईका हजरत बिलाल र आयन अफजल खानले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले अविजित २० रन बनाए । यस्तै अलिशन शराफुले ३३ रन बनाउदाँ रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

आज शुक्रबार भएको निर्णायक खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपाल विजेता भएको हो । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।

आजको विजयसंगै नेपालले अव आइसिसी विश्वकप लिग २ को लागि नामिबिया भ्रमण गर्नेछ । त्यहाँ नामिबिया, नेपाल र स्कटल्यान्डबीच खेल हुनेछ । नेपालले पहिलो खेल २ डिसेम्बरमा नामिबियासँग, डिसेम्बर ४ तारिखमा स्कटल्यान्डसँग र डिसेम्बर ७ तारिखमा नामिबिया र डिसेम्बर ८ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !