१४ बैशाख २०८१, शुक्रबार

अञ्जन विष्टले गरे नेपालको लागि पहिलो गोल


अञ्जन विष्ट

काठमाडौँ । नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा अञ्जन विष्टले नेपालको लागि पहिलो गोल गरेका छन् ।

खेलको दोस्रो हाफको ८३ औं मिनेटमा बिष्टले नेपालको लागि पहिलो गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

अञ्जनको एक गोलसंगै पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको हो । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !