२ मंसिर २०८१, आइतबार

सन्दीपको जिकिर : गफ गर्दागर्दै कुर्सीमै निदाएको थिएँ, एउटै कोठाको बेडमा उनी सुतेकी थिइन्


सन्दीप लामिछाने पक्राउ

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहेपनि राती आफू गफ गर्दागर्दै कुर्सीमै निदाएको जिकिर गरेका छन् ।

प्रहरीले आज काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको समावेश गरिएको बयानमा उनले पीडित भनिएकी किशोरीसँग शारीरिक सम्बन्ध नराखेको बयान उल्लेख गरिएको छ ।

नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने मनसायले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ रहेको छ ।

उनले आफू ती यूवतीकै जोडबलमा नगरकोट घुम्न गएको पनि दावी गरेको उल्लेख गरिएको छ । साथै नगरकोटबाट फर्किएर काठमाडौं आएपछि पनि निजकै आग्रहमा उक्त होटलमा राति बसेको पनि उनले दाबी गरेका छन् । उनले बिहान उठेर आफूले किशोरीलाई आफ्नै गाडीमा होस्टलसम्म पुर्याइदिएको पनि उनको भनाइ रहेको छ ।

लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै आज अदालतमा मुद्दा दायर भएको छ । लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

सन्दीपविरूद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !