७ बैशाख २०८१, शुक्रबार

एन्फाको नयाँ अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित


पंकजविक्रम नेम्वाङ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ अध्यक्ष पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत पाएका छन् । वर्तमान अध्यक्ष शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले एक मत पनि पाएनन् ।

नवनिर्वाचित अध्यक्ष नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष थिए । अहिले अन्य पदका लागि मतगणना जारी छ ।

शेर्पा र नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन् । एक वरिष्ठ उपाध्यक्ष र चार जना उपाध्यक्षका लागि शेर्पा र नेम्बाङ प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !