८ बैशाख २०८१, शनिबार

१३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सञ्जु मृत फेला


सञ्जु चौधरी

काठमाडौँ । स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता चौधरी आज मंगलबार मृत भेटिएकी हुन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी भारोत्तोलन खेलाडी चौधरी ललितपुरको महालक्ष्मी नगरपालिका-९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

चौधरी आज बिहान बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि अहिलेसम्म घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले बताएको छ ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी घर भएकी सन्जुले सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

उनी सलले पासो लागेको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीले उक्त घटनाको जाँच मुचुल्का बनाएर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !