१८ बैशाख २०८१, मंगलबार

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा घिसिङ नियुक्त


टंकलाल घिसिङ

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । आज सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।

यसअघि सरकारले कात्तिक १ गते तत्कालीन राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस समिति गठन गरेको थियो ।

खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा पेश गरेका थिए । घिसिङ नेपाल रग्वी संघको अध्यक्षका साथै नेकपा माओवादी वाग्मती प्रदेशको सचिवालय सदस्य हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो । खेलकुद मन्त्री गहतराजले घिसिङसहित, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !