३ मंसिर २०८१, सोमबार

पिएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि


piyasji

एजेन्सी, १८ चैत । पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले घरेलु प्रतियोगिता फ्रेन्च लिग कपको उपाधि जितेको छ ।

सर्वाधिक महँगा स्टार खेलाडी नेयमार विना मैदान उत्रिएको पिएसजीले उनको अभाव महसुस गर्न पाएन । लिग वानमा प्रभावशाली प्रदर्शन गरिरहेको पिएसजीले फ्रेन्च लिग कपको उपाधि लगातार पाँचौँपटक जितेको हो ।

शनिबार राति भएको फाइनलमा नेयमारविहीन पिएसजीले मोनाकोलाई ३-० ले हराउँदै उपाधि उचाल्न सफल भयो । पिएसजीको जितमा एडिसन काभानी, एन्जल डी मारियाले गोल गरे ।

आठौँ मिनेटमा नै गोल गर्दै काभानीले पिएसजीलाई सुरुवाती अग्रता दिलाए । २१ औँ मिनेटमा डी मारियाले गोल गर्दै अग्रता दोब्बर पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !