११ बैशाख २०८१, मंगलबार

साफ च्याम्पियनसिप फाइनल : भारतले गर्यो नेपालविरुद्ध पहिलो गोल


सुनिल क्षेत्री फाइल फोटो

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को फुटबल फाइनल खेलमा भारतले नेपालविरुद्ध पहिलो गोल गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा सुनिल क्षेत्रीले पहिलो गोल गरेका हुन् । खेलको दोस्रो हाफमा भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

पहिलो हाफको खेलमा नेपाल र भारत दुवै टिमको तर्फवाट कुनै पनि गोल हुन सकेन् । पहिलो हाफमा वर्षाका कारण दुवै टीमका खेलाडीले खुलेर खेल्न सकेनन् । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गर्दै नेपाललाई गोल हुनवाट बचाएका थिए ।

यो पनि पढ्नुहोस्

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !