१३ बैशाख २०८१, बिहिबार

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध


अब्दुल्ला अल्मुताइरी फाइल फोटो

काठमाडौँ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ । नेपालका प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

साफको यो निर्णयपछी अलमुताइरीले असन्तुष्टि जनाउदै उनले यो नियमविपरीत र अन्यायपूर्ण भएको भिडियो पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । शनिबार बिहान भएको भर्चुअल पत्रकार सम्मेलनमा उनले यो मलाईमात्र दिएको सजाय हैन, सम्पूर्ण नेपाली र एन्फालाई दिइएको बताएका छन् ।

अलमुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो। पछिल्लो खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुगेको थियो ।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भएपनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।

नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।

यो पनि पढ्नुहोस्

साफ च्याम्पियनसिप फाइनल : आज उपाधिका लागि नेपाल र भारत भिड्दै

इतिहासमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !