४ बैशाख २०८१, मंगलबार

इपिएल क्रिकेटको उपाधि चितवनको पोल्टामा


टी-ट्वान्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता

काठमाडौँँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

फाइनल खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जीतका लागि ११२ रनको सामान्य लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल बनाएको थियो ।

चितवनलाई उपाधि दिलाउन भीम सार्कीले ६३, दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रनको योगदान गरे । पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

यसअघि ‍चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको पोखरा १७ ओभर पाँच बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

पोखरालाई सस्तैमा समेट्न चितवनका कमल ऐरीले ४, करिम जनत र सीक्कुगे प्रशन्नाले २–२ तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए । पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !