![Gabriel Jesus](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/Gabriel-Jesus.jpg?fit=600%2C392&ssl=1)
१४ चैत, काठमाण्डौ । विश्वकप तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा ब्राजिलले जर्मनीलाई १–० ले पराजित गरेको छ ।
ब्राजिलका लागि खेलको ३७ औं मिनेटमा विलियनको पासको सदुपयोग गर्दै ग्याब्रियल जिससले निर्णायक गोल गरेका थिए ।
विश्वकप फुटबलमा ७–१ को पराकिलो हार व्यहोरेपछिको पहिलो भेटमा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा हराएको हो ।