१३ बैशाख २०८१, बिहिबार

मैत्रीपूर्ण महिला फुटबल : नेपाल र बङ्गलादेशबीचको खेल बराबरी


नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराएको थियो ।

एएफसी महिला एशियन कप–२०२२ छनोट खेल उज्बेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !