१६ जेष्ठ २०८१, बुधबार

क्रिष्टियानो रोनाल्डोले छाडे युभेन्ट्स, फर्किए म्यानचेस्टर युनाइटेडमा


ronaldo

काठमाडौँ । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् भने अब उनी फेरि १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्किने भएका छन् । उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ ।

रोनाल्डोले सन् २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । युनाइटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गरेको जनाइएको छ । रोनाल्डोले बिगतमा युनाइटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए ।

पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र इटालीबाट जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !