११ बैशाख २०८१, मंगलबार

विश्वकप फुटबल छनोट : नवयुग श्रेष्ठले गरे नेपालको लागि दोस्रो गोल


नवयुग श्रेष्ठ

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईविरुद्ध २ गोल गरेको छ । नेपालको लागि नवयुग श्रेष्ठले दोस्रो गोल गरेका हुन् ।

नवयुगले खेलको ८१ औ मिनेटमा नेपालको लागि दोस्रो गोल गरेका हुन् । यसअघि नेपालको लागि अञ्जन बिष्टले पेनाल्टीवापत पहिलो गोल गरेका हुन् । नेपालले चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटको चौथो मिनेटमा नै अग्रता लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !