७ फागुन, पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् ।
सोमबार पोखरामा भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२.१९५ किलोमिटरको दौड २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै गरी नेपाली सेनाका हरिकुमार रिमाल द्वितीय र आर्मीकै लालबहादुर थापा तेस्रो भए । उनीहरुले क्रमशः ४५ हजार, ३० हजार रुपैयाँ पुरस्कार पाए ।