१२ बैशाख २०८१, बुधबार

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालको शानदार जित


नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै मलेसियालाई ९ विकेटले फराकिलो जित हासिल गरेको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए । कुशलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पार्न सफल भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.१ ओभरमा कुनै विकेट नगुमाइ ११० रनको लक्ष्य पूरा गर्यो ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !