१२ बैशाख २०८१, बुधबार

आइसिसीद्वारा नेपाल क्रिकेट संघ क्यानमाथि प्रतिबन्ध


Icc

यूएईमा सम्पन्न आईसीसीको बोर्ड र ककिटी मिटिङले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो ।

उसले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत बताएको छ ।

क्रिकेट संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन । त्यसको केही समयपछि परिषद्ले अर्को तदर्थ समिति बनायो । र, निर्वाचित समूह अदालतमा गएपछि आधाकारिकता विवाद सर्वोच्चमा विचाराधिन छ ।

क्यानको विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा हालै मात्र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गएकमो थियो । तर, खेलका लागि नेपाल आएका आईसीसीका ग्लोबल डेभिलोपमेन्ट म्यानेजर जेम्स एण्डरसनले दुबै पक्षसँग छलफल गरेर मिलेर अघि बढ्न सुझाव दिएका थिए ।

साथै उनले क्रिकेट संघ लामो समय नेतृत्वविहीन रहन नसक्ने र आईसीसीको धर्यता टुट्दै गएको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !