४ बैशाख २०८१, मंगलबार

Tag: cricket

​बैंगलोरलाई पराजित गर्दै हैदरावाद आइपिएल च्याम्पियन

रोयल च्यालेन्जर्स बैंगलोरलाई घरेलु मैदानमा स्तब्ध तुल्याउँदै इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि हैदरावादले जितेको छ। आइतबार भएको फाइनलमा हैदरावादले बैंगलोरलाई ८ रनले पराजित गरेको हो। नवौँ सिजनको आइपिएलमा एक मात्र विदेशी कप्तान रहेको हैदरावादले पहिलो पटक आइपिएलको उपाधि उचालेको हो।