३ मंसिर २०८१, सोमबार

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व


ब्याडमिन्टन

लहान । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा आइतबार साँझ सम्पन्न नौं इभेन्टस्मा भएको खेलमा नेपाल आर्मीका खेलाडीले वर्चश्व कायम गरेका हुन् । पुरुष डबलमा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठ र रत्नजित तामाङले प्रथम स्थान हासिल गरेका छन् । आर्मीकै पविन र लिन्थेप र सरोज महर्जनलाई पछि पार्दै श्रेष्ठ र तामाङले प्रथम स्थान प्राप्त गर्नुभएको हो ।

महिला तर्फको डबलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी हुनुभएको छ । एपिएफका जेसिका गुरुङ्ग र सुनयना मुखियालाई पराजित गर्दै गिरी र महर्जनको जोडी प्रथम हुनुभएको जनाएको छ । एकल ब्वाइज अण्डर १७ तर्फ पनि आर्मीले नै सफलता हात पारेको छ । आर्मीका भोजबहादुर गुरुङले आर्मीकै आयुस्मान नगरीलाई पराजित गरेका हुन् । त्यसैगरी गल्स अण्डर १७ अन्तर्गत आर्मीकै रसिला महर्जन प्रथम भएकी छन् । उनले विराटनगर ब्याडमिन्टन क्लबका रोज पाण्डेलाई पराजित गरेकी हुन् । एकल पुरुषतर्फ कैलालीका देवराज रानाले आर्मीका दिवस शङ्करलाई पराजित गर्दै प्रथम भएका हुन् ।

४५ वर्ष माथिका डबल पुरुषतर्फ अनिलकुमार लाखे बाँके र शुरेश श्रेष्ठले पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीलाई पछि पार्दै प्रथम पुरस्कार हात पारेका छन् । लेबल १२ का लागि एकल महिला तर्फ अर्मीका जेनिशा गुरुङ्गले एपिएफका रसिला महर्जनलाई पछि पार्दै पुरस्कार हात पारेका छन् । एकल महिला तर्फ फाइनलमा भिडेका कैलालीका प्राथना देउवाले झापाका अञ्जना राईलाई हराएका थिए । त्यसैगरी पुरुष सिङ्गल टप १६ का लागि फाइनलमा भिडेका सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका दीपेश धामीलाई सोझो सेटमा हराएका थिए । प्रतियोगितामा नौ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई जनालाई १० हजारका दरले पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता पश्चात आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, राष्ट्रिय खेलकूद परिषद्का केन्द्रीय सदस्य सुवास श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

कृषि मिटरको विद्युत् महसुल गाउँपालिकाले तिर्ने

सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानको कृषि मिटरको विद्युत् महसुल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले तिर्ने निर्णय गरेको छ । गाउँपालिकाको सम्पन्न आठौं गाउँसभाले सिँचाइ, मलखाद र बीउबिजनलगायतका समस्याका कारण मारमा परेका किसानले सिँचाइका लागि जडान गरेको कृषि मिटरको विद्युत् महसुल गाउँपालिकाले तिर्ने निर्णय गरेको हो । कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन आगामी २०७८ वैशाखदेखि कृषि मिटरको महसुल गाउँपालिकाले नै तिरिदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

कृषि विद्युतीकरणमा गाउँपालिकाले ८० प्रतिशत काम पूरा गरिसकेको र बाँकी २० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने अध्यक्ष यादवले बताउनुभयो । शिक्षाको स्तरोन्नतिको निम्ति विभिन्न खालको प्रयोगात्मक परीक्षाको व्यवस्था गरिने र स्वास्थ क्षेत्रलाई मजबुत पार्न कोरोना अस्पताल तथा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष यादवले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !