एजेन्सी
२ माघ, हेनरी निकोलसल र कोलिन डी ग्रानडहोमले उत्कृष्ट प्रदर्शन गरेपछि युजिल्यान्डले पाकिस्तान विरुद्धको चौथो एकदिवसीयमा पनि ५ विकेटको जित निकालेको छ । मंगलबार भएको खेलमा यी दुईबीच छैटौं विकेटका लागि १ सय ९ रनको अविजित साझेदारी भएको थियो ।
पाँच खेलको सिरीज यसअघि नै न्युजिल्यान्डले ३-० ले जितिसकेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले चार खेलाडीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गमुाएर २ सय ६२ रन बनाएको थियो ।
जवाफमा न्युजिल्यान्ड ४५.५ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । पहिलो विकेटका लागि न्युजिल्यान्डका मार्टिन गुप्टिल र कोलिन मुन्रोले ८८ रनको साझेदारी गरे पनि गुप्टिल आउट भएपछि न्युजिल्यान्ड धराशयी बन्यो ।