![khaptad aarmi](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/khaptad-aarmi.jpg?fit=1221%2C603&ssl=1)
१ माघ, काठमाण्डौ । सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा गर्दै त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टिमलाई टाइब्रेकरमा ५-४ ले हराएको हो ।
खेलको निर्धारित समय ९० मिनेटमा खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरवाट लिइएको थियो, जसमा सशस्त्रका सुदिप शिख्रकार गोल गर्न चुके । आर्मीका विवेक बस्नेतले विनिङ गोल गरे ।