१४ बैशाख २०८१, शुक्रबार

पीडितलाई सहयोग


शेरधन राई

भोजपुर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका अग्नी पीडितलाई राहत वितरण गर्नुभएको छ । मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका वडा–८ पात्लेपानी खुकैलाका आगलागी पीडितलाईे आर्थिकसहित अन्य आवश्यक सामग्री सहयोग गर्नुभएको हो ।

मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार नगद, टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउनुभएको छ । सुख्खा मौसमका कारण सामुदायिक वनमा लागेको डढेलो हावाले उडाएर बस्तीमा ल्याउँदा आगलागी भएको थियो । आगलागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन, कञ्चन, भीमबहादुर र शान्तकुमारीको घर तथा कालिबहादुर राईको गोठ जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट करिब रु ३१ लाख बराबरको क्षति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !