१० पुस २०८१, बुधबार

इद उल फित्रबाट भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौँ, १२ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनुभयो ।

नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !