२ जेष्ठ २०८१, बुधबार

गीतकार तथा समाजसेवी दिलिप योन्जन तामाङद्वारा ५५ जना बिद्यार्थीलाई पूर्ण छात्रवृति


दिलिप योन्जन तामाङ

२७ साउन, काठमाडौँ । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा समर्पित गीतकार दिलिप योन्जन तामाङ समाज सेवामा पनि उतिकै समर्पित छन् । चार बर्षअघि १ जना अनाथ बालकलाई पढाउन शुरु गरेको अभियान अहिले ५५ जनालाई आजसम्म पढाई रहेका छन् । ५२ जना १ देखी १२ सम्म र १ जना नर्शिंग, २ भर्खर पढ्न शुरु गरेका गरी नेपालमा ५५ जना बालबालिकाहरु उनको पूर्ण छात्रवृतिको सहयोगमा पढिरहेका छन् ।

केहि समय अघि नेपाल आएका उनले २ जना अनाथ बालबालिकाहरुलाई पढाउने अवसर प्रदान गरे । नेपाल आएको समयमा उनले पूर्ण छात्रवृति दिएर पढाएको बालबालिकाहरुलाई भेटेर फ्रुटी, बिस्कुट र खाजा खुवाउनुका साथै उनीहरुको शिक्षाको बारेमा सम्वन्धित स्कुलका शिक्षकहरुसँग जानकारी लिएका थिए । ती बालबालिकाहरुको अपार माया, स्कुलका शिक्षकहरुको सद्भाबले आउदा दिनमा थप समाज सेवा गर्न आफुलाई हौसला मिलेको तामाङ बताउछन् । उनको यो अभियानमा अमुल्य समय र निस्वार्थ सहयोग गर्नुहुने समाजसेबी साहित्यकार श्रीमती बिना थिङ्ग तामांगलाई अन्तर आत्माबाट आभार व्यक्त गर्दै भविष्यमा यो अभियान जारी राख्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !