६ जेष्ठ २०८१, आइतबार

सौर्यमण्डल (Solar System) भनेको के हो ?


सौर्यमण्डल

सूर्यलाई केन्द्र मानेर अन्य ग्रहहरु, उपग्रहहरु तथा उल्का पिण्डहरूले परिक्रमा गर्ने खगोलीय प्रणालीलाई सौर्यमण्डल (Solar System) भनिन्छ । पृथ्वी लगायत अन्य ग्रहहरूले सुर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछन् । यो सौर्यमण्डलले फेरि आकाशगंगाको केन्द्रको परिकारमा गर्दछ । सौर्यमण्डल भनेको सूर्यको परिवार हो । सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरू तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन् ।

सौर्यमण्डलभित्र यसको केन्द्रमा रहेको तारा सूर्य र यसलाई फन्को लगाएर घुम्ने सबै ग्रह, फुच्चेग्रह, उपग्रह, पुच्छरे तारा आदिहरु पर्दछन् । ती सबै आकाशीय पिण्डहरुले सूर्यको गुरुत्वाकर्षण बल (आफूतिर तान्ने शक्ति) को कारण सूर्यलाई केन्द्र बनाएर वरिपरि परिक्रमा गरिरहेको हुन्छ । पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ । अरु ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन ।

सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ । सौर्यमण्डलमा पृथ्वी बाहेक अन्य सातवटा ग्रह छन् । सौर्यमण्डलका लाखौं लाख सदस्यहरुमा ग्रह, उपग्रह, वामनग्रह, क्षुद्रग्रह, धूमकेतुको गणना हुन्छ । यी सबैले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपले सूर्यको परिक्रमा गर्छन् । सौर्यमण्डलको केन्द्र सूर्य हो । सूर्यको परिवारलाई नै सौर्यमण्डल भनिन्छ ।

सौर्यमण्डलको सदस्यमा सूर्यको सबैभन्दा नजिकको ग्रह बुध हो । बुध ग्रहपछि शुक्र ग्रह र तेस्रो नम्बरमा पृथ्वी ग्रह र त्यसपछि मंगल ग्रह रहेका छन् । मंगलपछिको अर्को ग्रह बृहस्पति हो । बृहस्पति ग्रह नै ८ वटा ग्रहमध्ये सबैभन्दा ठूलो ग्रह हो । बृहस्पतिपछि सूर्यबाट क्रमशः शनि ग्रह त्यसपछि अरुणग्रह र सबैभन्दा टाढा वरुण ग्रह रहेका छन् । सूर्यदेखि चौथो नम्बरको ग्रह मङ्गलसम्म मात्रै ठोस धरातल छ । मंगल पछिका अन्य सबै ग्रहमा ठोस धरातल छैन । बृहस्पति र त्यसपछिका सबै ग्रहहरु ग्याँसले भरिएका ग्रहहरु हुन् ।

दुरविनका सहायताले गहन खोज गरि ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो । सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरुलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरुको सङ्ख्या आठ पुगेको छ।

पृथ्वी र सूर्यबीचको दूरी १४ करोड़ ९६ लाख किमी हो । खगोलीय भाषामा यस दूरीलाई १ “एस्ट्रोनोमिकल यूनिट” भनिन्छ । सौरपरिवारमा यी ८ वटा ग्रहका अतिरिक्त अनेको क्षुद्रग्रह, उल्कापिण्ड, धुम्रकेतु र विभिन्न किसिमका चट्टान एवं धूलोका कण (Meteor ) पनि रहेका छन् । सानो कणदेखि भीमकाय ग्रहसम्मका सबै संरचना सौर्यमण्डलका सदस्य हुन् ।

सौर्यमण्डलमा रहेका सबै वस्तु अथवा पिण्ड सूर्यको गुरुत्वाकर्षणबाट बाँधिएका छन् । त्यही भएर यी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सूर्यको परिक्रमा गर्छन् । वैज्ञानिकहरूका अनुसार सौर्यमण्डलको निर्माण ४.६०३ अर्ब वर्ष पहिला भएको थियो । वैज्ञानिकका अनुसार सूर्य एवं सम्पूर्ण सौर्यमण्डलको निर्माण अन्तरिक्षमा घुमिरहेका विशाल ग्याँसका बादल एवं धूलोबाट भएको थियो । वैज्ञानिक भाषामा यस्तो बादललाइ ‘नेबुला’ भनिन्छ ।

यो पनि पढ्नुहोस्

अन्तरिक्ष (Space) भनेको के हो ?

के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ?

खगोल बिज्ञान र नेपालमा यसको अवस्था

पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !