१२ आश्विन २०८१, शनिबार

बिषादी विना नै कृषकले किरा मार्ने रोचक तरिका


insect-trap

मंसीर ११, काठमाडौँ । ब्यवसायिक रूपमा खेती गरेका किसानहरूले पटक-पटक विभिन्न प्रकारका बिषादीहरु प्रयोग गरेको हामी देख्न सक्छौ । वातावरण र स्वस्थ्यको सुरक्षाको दृष्टिकोणले प्रांगारिक मल र बिषादीको प्रयोग पनि कतै-कतै प्रयोग हुदै आइरहेको छ । यसको अलावा कतै-कतै किसानहरुले प्लाष्टिकको बट्टाभित्र हावामा उड्न सक्ने पखेटा भएका किराहरुलाई आकर्षक गरी मार्ने गरेको पाइन्छ । तर उक्त बट्टाभित्र कसरी धमाधम किराहरु छिरेका होलान भन्ने कौतुहलता धेरैलाई हुनसक्छ । जानी राखौ त्यो कसरी हुन्छ ।

इन्सेक्ट अन्तर्गत पर्ने कतिपय किराहरुमा पोथी जातिले एक प्रकारको र रसायन निकाल्छ । उक्त रसायनलाई फेरोमोन्स भनिन्छ । पोथी जातिले निकाल्ने फेरोमोन्सको गन्ध निकै टाढाबाट पनि भाले जातिले थाहा पाउछ र पोथीप्रति आकर्षित भई पोथी भएतिर गई पोथीसंग समागम गर्दछ र प्रजनन कार्य पूरा हुन पाउछ। रसायनविदहरुले अनुसन्धान मार्फत पोथी जातिले निकाल्ने उक्त रसायनको संरचना पत्ता लगाई त्यसलाई कृतिम रूपमा निर्माण गरेका हुन ।

उक्त कृतिम फेरोमोन्सले पनि पोथी जातिले निकालेको प्राकृतिक फेरोमोन्सले जस्तै काम गर्ने हुदाँ  त्यसलाई कृषिमा प्रयोग गरिएको हो । जब प्लास्टिकको बट्टाभित्र फेरोमोन्स र लिसो राखेर खेतमा राखिन्छ तब वरिपरिका भाले इन्सेक्ट आकर्षित भई उक्त बट्टाभित्रवाट पोथीले समागमको लागि डाकेको ठानी बट्टाभित्र प्रवेश गर्दछ र लिसोमा टासिएर मर्दछ। एकपछी अर्को गर्दै धेरै भाले इन्सेक्ट उक्त बट्टाभित्र प्रवेश गर्दै ज्यान गुमाउद्छ। यसरी भाले जातीको संख्या कम गर्दा पोथी जातिले भालेको अभावमा निकै कम प्रजनन गर्ने हुदाँ बाली नष्ट गर्ने इन्सेक्ट्को संख्या कम हुन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !