८ बैशाख २०८१, शनिबार

मन्दिरमा घण्टी किन बजाइन्छ ? यसभित्र लुकेको वैज्ञानिक पक्ष


मन्दिर

मन्दिरमा घण्टी किन बजाइन्छ ? यसभित्र लुकेको वैज्ञानिक पक्ष ! हिन्दु धर्म संस्कृतिका धेरै विषयवस्तुमा वैज्ञानिक पक्ष लुकेको रहेको हुन्छ । खानेकुराको वैज्ञानिकतादेखि लिएर मनुष्यले जीवनमा अपनाउने स-साना नियमका कुरा हुन् । मानिसको जीवनमा यस्ता स-साना कुराले धेरै सार्थकता राख्ने गर्दछ । त्यस्तै हिन्दु धर्मावलम्बीहरुले मन्दिरमा वा घरमा पुजा गर्दा घण्टी बजाएर आराधना वा पुजागर्ने गर्दछन । सायद घण्टी बजाउनुको वैज्ञानिक पक्ष धेरैलाई थाहा नहुन सक्छ ।

घण्ट संस्कृतबाट आएको शब्द हो । हिन्दू धार्मिक अनुष्ठानमा यसलाई घण्टी भनेर प्रयोग गरिन्छ । मन्दिर वा घरमा घण्टी बजाउनुको पछाडि थुप्रै वैज्ञानिक कारणहरु जोडिएका छन् । त्यस्तै प्रायः पुराना मन्दिरहरूको मन्दिरको प्रवेश द्वारमा ठूलो घण्टी बजाउनका लागि झुण्ड्याइएको हुन्छ र यसको पछाडी वैज्ञानिक कारण छ । घण्टी बनाउनको लागि साधारण धातु मात्र नभएर विशेष धातुहरुको प्रयोग गरिएको हुन्छ । यो ७ धातु जस्तै क्याडमियम, लिड, कपर, जिंक, निकेल, क्रोमियम र म्याङ्गानिजको सहि अनुपातको मिश्रणबाट बनेको हुन्छ ।

घण्टी बनाउँदा यस्तो किसिमले बनाएको हुन्छ कि त्यो बज्दा भिन्न किसिमको ध्वनीको कम्पन निस्कन्छ, जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकता ल्याउँदछ र हाम्रो दायाँ-बायाँ दुवै दिमागलाई सन्तुलन ल्याउँदछ । जब घण्टी बजाइन्छ, तब त्यसले एक तीखो तर टिकाउ ध्वनी निकाल्दछ जुन कम्तीमा पनि ७ सेकेण्डसम्म बजिरहन्छ, यसले मानिसको शरीरमा हुने ७ वटै चक्र समेतलाई स्पर्श गर्दछ र शरीरमा छुट्टै किसिमको स्फुर्ती ल्याउँदछ । अनि जब तपाईँले घण्टीको ध्वनी सुन्नुहुन्छ तब तपाईँको दिमागमा भएको सबै नचाहिने कुराहरू हट्दछ र चिन्तामुक्त मन हुन्छ । अनि जब तपाईँको दिमागमा नचाहिने कुराको बास हुँदैन, तब तपाईँको दिन त्यसै पनि राम्रो हुन्छ, गर्न चाहेको कुरा सहजै गर्ने क्षमता तपाईँमा आउँदछ । घण्टीको आवाजले एकाग्रता बढाउछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ र बुद्धिको विकास हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !